+
+
Shares

साउदी अरेबियाले १८ महिनापछि सीमा खोल्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १५ गते १७:३६
फाइल तस्वीर

१५ साउन, काठमाडौं । साउदी अरेबियाले १८ महिनापछि आफ्नो सीमा पर्यटकहरुका लागि खोल्ने तयारी गरेको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि साउदी अरेबियाले विभिन्न प्रतिबन्ध लगाएको थियो । त्यसमध्ये सीमा बन्द पनि एक रहेको थियो ।

महामारी शुरु हुनुभन्दा एक दिनअघि मात्र साउदी अरेबियाले पर्यटकहरुलाई इलेक्ट्रोनिक भिसा जारी गरेको थियो । साउदीले पर्यटकहरुलाई मुलुकमा लोभ्याउनका लागि विभिन्न योजना ल्याइरहेको छ ।

साउदीले पर्यटन उद्योग बढाउँदै आफ्नो अर्थतन्त्रमा तेलको निर्भरता कम गर्ने र नयाँ रोजगारी सिर्जना गर्ने बताउँदै आएको छ । साउदीले अहिले ४९ मुलुकका मानिसलाई प्रवेशको अनुमति दिएको छ । जसमा अधिकांश युरोपेली मुलुक छन् । यो सूचीमा चीन र अमेरिका पनि सामेल छन् ।

यी मुलुकका नागरिकले साउदी अरेबिया आउन खोपको प्रमाणपत्र र नेगेटिभ पीसीआर रिपोर्ट हुनु अनिवार्य छ । उनीहरुलाई क्वारेन्टिनमा भने राखिने छैन । चिनियाँ खोप सिनोभ्याक वा सिनोफर्मको खोप लिएका मानिसको लागि तेस्रो डोज पनि अनिवार्य गरिएको छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?