+
+
Shares

सांसद विमला ओली माओवादी केन्द्रको सम्पर्कमा

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १६ गते १७:०९

१६ साउन, बुटवल । तीन दिनदेखि पार्टीको सम्पर्क भन्दा बाहिर रहेकी लुम्बिनी प्रदेशसभा सदस्य बिमला खत्री वलीले परिवारका सदस्यमार्फत पार्टीलाई सम्पर्क गरेकी छन् ।

आफू उपचारका क्रममा नेपालगञ्जमा रहेको भन्दै वलीले परिवारमार्फत नेकपा माओवादी केन्द्रलाई जानकारी पठाएकी हुन् । घाँटीमा समस्या भएकाले नेपालगञ्जमा उपचाररत रहेको परिवारका सदस्यबाट जानकारी आएको नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्ती मगरले बताए ।

‘परिवारका सदस्यले विमलाजी उपचारमा रहेको र साँझसम्म पार्टीको सम्पर्कमा आउने जानकारी गराउनुभएको छ’ प्रमुख सचेतक घर्तीले भने, ‘दुई तीन दिनदेखि पार्टीको सम्पर्कमा नआउदा थुप्रै आशंका उब्जिएको सत्य हो, साँझसम्म उहाँ आफैले पार्टीसंग सम्पर्क गर्नुहुन्छ होला ।’

परिवारका सदस्यहरुले उपचारमा रहेको बताएपनि कस्तो स्वास्थ्य समस्या हो र कुन अस्पतालमा उपचाररत हो भन्नेबारे पार्टीलाई जानकारी नभएको दाङकै माओवादी केन्द्रकी सांसद दामा शर्माले बताइन् ।

तत्कालिन नेकपाबाट दाङ ३ (ख) बाट उप निर्वाचनमा विजयी भएकी ओलीले सर्वोच्चको फैसलापछि नेकपा माओवादी केन्द्र रोजेकी थिइन् ।

पार्टीको शनिबार (आज) हुने संसदीय दलको बैठकमा सहभागी हुन तीन दिन अघिदेखि सम्पर्क गर्दा विमला सम्पर्कमा नआएको माओवादी केन्द्रका सांसद इन्द्रजित थारुले बताए ।

माओवादी केन्द्रका सांसद थारुले सरकार अल्पमतमा परेकाले सरकार टिकाउने उपायस्वरुप विमलालाई सरकारकै मान्छेले दबाब र प्रलोभनमा पारेर एमालेमै फर्काएको हुनसक्ने पार्टीले आशंका गरेको बताए ।

जसपाबाट मन्त्री बनेका तीन जना सांसद शुक्रबार पदमुक्त भएपछि मुख्यमन्त्री शंकर पोखरेल पुनः अल्पमतमा परेका छन् । यद्यपि अन्य दलका सांसद तानेर बहुमत पु¥याउने कसरतमा मुख्यमन्त्री पोखरेल निरन्तर लागेको विपक्षीको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?