+
+
Shares

एमाले अध्यक्ष ओलीले बोलाएको स्थायी कमिटी बैठक स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १६ गते १७:२६

१६ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको स्थायी कमिटी बैठक स्थगित भएको छ । शनिबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको हो ।

अध्यक्ष ओलीनिकट एक नेताका अनुसार विघटित कार्यदलले पार्टीको दुई पक्षबीच सहमति जुटाउन पहल गरिरहेको सहमतिका लागि केही समय मागेपछि बैठक स्थगित भएको हो ।

विघटित कार्यदलको बैठक शनिबार विहान बसेको थियो । ‘कार्यदलका नेताहरुले सहमतिका लागि समय दिनुस् भनेपछि बैठक स्थगित गरिएको हो’ ती नेताले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?