
३ भदौ, काठमाडौं । सरकारले वागमती प्रदेशको प्रदेश प्रमुख परिवर्तन गरेको छ ।
हालका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई हटाएर यादव शर्मालाई प्रदेश प्रमुख नियुक्तिका लागि सिफारिश गरेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।
प्रदेश प्रमुखमा सिफारिश भएका शर्मा माधव नेपाल निकट हुन् । यादवले लामो समय माधव नेपालको सचिवालयमा काम गरेका छन् । माधव नेपाल प्रधानमन्त्री भएका बेला उनी प्रमुख स्वकीय सचिव थिए ।
गत असार २८ गते शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्ति भएयता सरकारले चार जना प्रदेश प्रमुख फेरिसकेको छ । लुम्बिनीमा अमिक शेरचन, गण्डकीमा पृथ्वीमान सिंह गुरुङ, प्रदेश २ मा हरिशंकर मिश्र नियुक्त भइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4