
फाइल तस्वीर
१५ भदौ, गुल्मी । कोरोना महामारीका कारण गुल्मीमा यस वर्ष रोपाइँ जात्रा मनाइएन । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट विभिन्न कार्यक्रम गरी मनाइने रोपाइँ जात्रा यस वर्ष महामारी नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाका कारण नगरिएको हो ।
सदरमुकाम तम्घासमा रहेका विभिन्न क्लब र संघसंस्था मिलेर कार्यक्रमसहित रोपाइँ जात्रा मनाउने गरिन्छ । क्लब तथा मन्दिर व्यवस्थापन समितिले श्रीकृष्णको रथ यात्रा, रोपाइँ जात्रा, हास्यव्यंग्य गाईजात्रे प्रस्तुति, लाखे नाचसहित विविध सांस्कृतिक कार्यक्रम गर्ने गरेका छन् ।
जात्रा तम्घास बजारका विभिन्न स्थानसँगै चिदीचौर खेल मैदानमा पुगेर रोपाइँका बेला गाइने बाली गीतसहित हास्यव्यंग्य कार्यक्रम गर्ने गरिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4