
फाइल तस्वीर
१५ भदौ, काठमाडौं । शरद ऋतुमा हिमाल आरोहणका लागि एकै दिन दुई टीमले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार मंगलबार मनास्लु हिमाल चढ्ने दुई टीमले अनुमति लिएका हुन् ।
एउटा टीममा १० पुरुष र ५ महिलासहित १५ र अर्को टीममा १० पुरुष रहेका छन् । दुई टीमबाट २६ लाख ४६ हजार रुपैयाँ रोयल्टी समेत उठेको छ । कोरोना भाइरसको महामारी केही कम भएको छ ।
सरकारले नेपाल भित्रको आवतजावत समेत खुकुलो पारेको सन्दर्भमा नजिकिएको पर्यटकीय सिजनमा पर्यटक आगमन बढ्ने अपेक्षा व्यवसायीको छ । यसअघि वसन्त ऋतुमा समेत इतिहासमै बढी पर्वतारोही आएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4