+
+
Shares

चोरीको मोटरसाइकलसहित भक्तपुरबाट तीन जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १७ गते १३:२५

१७ साउन, काठमाडौं । ट्राफिक प्रहरीले दुईवटा चोरीको मोटरसाइकलसहित तीन जनालाई भक्तपुरबाट पक्राउ गरेको छ ।

मोटरसाइकल चोरीमा संलग्नहरुलाई पक्राउ गर्न परिचालित टोलीले शनिबार साँझ दुई वटा पल्सर मोटरसाइकलसहित रामेछाप घर भई भक्तपुर बस्ने १९ वर्षीय दीपेन्द्र भुजेल र ताप्लेजुङका १९ वर्षीय विशेष लिम्बुलाई पक्राउ गरेको हो । यसैगरी धनुषाको मिथिला नगरपालिकाका २१ वर्षीय विकल थापा पक्राउ परेका छन् ।

भक्तपुर सरस्वतीखेलका बासुदेव खड्काको घर अगाडिबाट २०७६ सालमा हराएको उक्त मोटरसाइकलसहित उनीहरु पक्राउ परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए । उक्त मोटरसाइकलको नम्बर परिवर्तन गरी बा ९५ प ४१६८ बनाएको पाइएको उनले बताए ।

ट्राफिक प्रहरीले थप अनुसन्धान गरी पशुपति क्षेत्रबाट हराएको कीर्तिपुर बस्ने प्रशान्त रावलको बा ९६ प ८८३६ नम्बरको कालो एनएस पल्सरको वास्तविक नम्बर परिवर्तन गरी बा ९१ प ८६७२ नम्बर प्रयोग गरेको अवस्थामा विकललाई समेत भक्तपुरबाटै नियन्त्रणमा लिएको हो ।

पक्राउ परेको मोटरसाइकलसहित तीनै जनालाई थप अनुसन्धान एव कानूनी कारबाहीको लागि प्रहरी वृत्त ठिमीमा बुझाएको समेत ट्राफिक महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?