+
+
Shares

एमालेको केन्द्रीय कमिटी बैठक शुरु

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २५ गते १५:४८
केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरु । तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

२५ साउन, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक शुरु भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको बैठकमा विधान संशोधन लगायतका विषयमा छलफल हुँदैछ ।

एमालेको सोमबार नै बसेको स्थायी कमिटीको बैठकले अध्यक्ष र महासचिवबाहेक सबै पद मनोनीत गर्ने गरी विधान संशोधनको निर्णय गरेको थियो ।

सो निर्णय अनुमोदनका लागि केन्द्रीय कमिटीमा पेश हुने एक नेताले जानकारी दिए । बैठकमा महाधिवेशन केन्द्रित अन्य विषयमा पनि छलफल हुने ती नेताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?