+
+
Shares

मुख्यमन्त्री पोखरेलले दिएको राजीनामा स्वीकृत

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २७ गते १५:४२

२७ साउन, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिएको राजीनामा स्वीकृत भएको छ ।

पोखरेलले दिएको राजीनामालाई प्रदेश प्रमुख अमिक शेरचनले स्वीकृत गरेका हुन् । साथै अर्को मन्त्रिपरिषद् गठन नभएसम्म मौजुदा मन्त्रिपरिषद्लाई नै कार्यभार बहन गर्न समेत उनले तोकेका छन् ।

१९ वैशाखमा संविधानको धारा १६८(१) अनुसार मुख्यमन्त्री नियुक्त भएका पोखरेलले बुधबार राजीनामा दिएका थिए । उनीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन शुरु हुनै लाग्दा उनले राजीनामा दिएका थिए । पोखरेलको राजीनामासँगै प्रदेशसभामा टेबल भइसकेको अविश्वासको प्रस्ताव अगाडि बढेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?