+
+

चलचित्र संघकोे निर्णय–‘नेपाली फिल्मको रिलिज मितिमा विदेशी फिल्म चलाउन नपाइने’

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १० गते २०:३३

उपत्यकाका निर्माता, वितरक तथा प्रदर्शकहरुको संयुक्त वैठकले गठन गरेको चलचित्र प्रदर्शन व्यवसायीक समितीकोे आज बसेको बैठकले विभिन्न ६ बुँदे निर्णय गरेको संयोजक अशोक शर्माले संघका सदस्यहरुलाई पठाएको पत्रमा उल्लेख गरिएको छ ।

यो समितीले असोज २१ गतेबाट चलचित्र घरहरु संचालनमा ल्याउने निर्णय गरेको छ । यस्तै, १८ महिनादेखि चलचित्र प्रदर्शन कार्य पूर्ण रुपमा बन्द भएको हुँदा अब उप्रान्त नेपाली चलचित्र प्रदर्शन गर्दा कम्तीमा २ हप्तापछि मात्र दोश्रो नेपाली चलचित्र प्रदर्शन गरिने पनि निर्णय समितीले गरेको छ ।

यो समितीले शेयर बाँडफाँडमा समेत नयाँ निर्णय गरेको छ । जस अन्तरगत स्वदेशी तथा विदेशी चलचित्रको शेयर बाँडफाँडको हकमा पहिलो हप्ता निर्माता वा वितरकलाई ५५ प्रतिशत शेयर वितरण गरिने र दोश्रो हप्ताबाट ५० प्रतिशत शेयर वितरण गरिने समितीको निर्णय छ ।

समितीले अर्को महत्वपूर्ण निर्णयमा, नेपाली चलचित्रको प्रदर्शन मिति तोकिएको समयमा विदेशी चलचित्रहरु सोही मितिमा रिलिज गर्न नपाइने उल्लेख छ । यो बिषयमा अशोकले भने–‘नेपाली चलचित्र रिलिज भएको एक सातासम्म कुनै पनि विदेशी चलचित्र रिलिज गर्न नपाइने भन्ने हो ।’

यस्तै, यी सम्पुर्ण निर्णयहरु असोज २१ गतेबाट ३ महिनाका लागि लागू गरिने समितीले बताएको छ ।

तिन महिना भित्र प्रदर्शन गरिने चलचित्रको प्रदर्शन मिति असोज २० गतेसम्म सार्वजनिक भैसकेको हुनुपर्ने समेत निर्णय समितीले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?