
१२ असोज, वीरगञ्ज । मानव सेवा आश्रम वीरगञ्ज शाखाले मानसिक स्वास्थ्य कमजोर भएकी एक गर्भवतीको उद्धार गरेको छ । धनुषाको धनुषाधाम नगरपालिका–९ धारापानीबाट उनको उद्धार गरिएको हो ।
लेखेर रिना देवी नाम बताउने उनको मानसिक स्वास्थ्य अवस्था कमजोर छ । अन्य मानिसलाई देख्ने बित्तिकै गाली गर्ने र एक्लै पनि कराइरहने समस्या उनमा छ ।
सामाजिक अभियन्ता प्रकाश थारु लगायतको टोली मंगलबार बिहानै धारापानी पुगेर स्थानीय प्रहरी र जनप्रतिनिधिसँग समन्वय गरेर महिलाको उद्धार गरेर वीरगञ्ज ल्याएका छन् ।
वीरगञ्जस्थित प्रभु अस्पतालमा अहिले उनको उपचार भइरहेको छ । आमा र गर्भमा रहेको बच्चाको स्थिति बुझ्नका लागि प्रसूति रोग विशेषज्ञ डाक्टरसँग उपचार गराइएको सामाजिक अभियन्ता थारुले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4