
१२ कात्तिक, धनुषा। धनुषाका विद्यार्थीले प्रधानाध्यापकमाथि दुर्व्यहार गरेका छन् । धनुषाको सवैला नगरपालिकास्थित फकिर चन्द उच्च माध्यमिक विद्यालय बरकुर्वा, रघुनाथपुरका प्रधानाध्यापक बैजुप्रसाद साहलाई विद्यालय जाने क्रममा विद्यार्थी दुर्व्यहार भएको हो ।
विभिन्न माग राख्दै विद्यार्थीहरुले विद्यालयमा चार दिनदेखि ताला लगाएका थिए । सोही विषयमा विद्यालयमा नै मेयर विजय शंकर प्रसाद साहसहित हुने छलफलका लागि विद्यालय आउने क्रममा बाटोमा प्रधानाध्यापकलाई दुर्व्यहार भएको मेयर बिजय शंकर प्रसाद साहले बताए ।
मेयर साहले भने ‘दुई जना विद्यार्थी सरले चिन्नुभएको छ । बाँकीलाई चिन्नुसक्नुभएको छैन । चिनेका विद्यार्थी माथि किटानी जाहेरी दिने तयारी भईरहेको छ ।’ करिब १० जनाको समूहले प्रधानाध्यापक माथि दुर्व्यहार भएको मेयर साहले बताए ।
दुव्र्यहारबारे प्रधानाध्यापक साहले केही नभनेको र भिडियो सामाजिक सञ्जालमा आएपछि मात्रै थाह पाएको शिक्षक राम दुलारको भनाई छ । उनले भने ‘बाटोमा केही युवाहरुसँग सामान्य तानातान भएको मात्रै भन्नुभयो । भिडियो हेरेर थाह पाएका हौं । अब के गर्ने छलफल हुँदैछ ।’
नियमित पठन–पाठन हुनु पर्ने, शिक्षकको व्यवस्थापन हुनु पर्ने, विभिन्न शुल्कको नाममा लिइएको रकमको बील विद्यार्थीहरुले पाउनु पर्ने, कक्षा ११ र १२ का विद्यार्थीहरुले पुस्तक पाउनु पर्ने, विद्यालयका नाममा आएका सामाग्रीहरु विद्यालयमा राख्नु पर्ने, विद्यालय सुधारका लागि सरोकारबालाहरुको बृहत भेला गरी अन्य विषयहरुमा निर्णय लिनु पर्ने लगायतका माग गरेका छन्।
राम प्रसाद माध्यामिक विद्यालयका प्रधानाध्यापक डा.अमरेन्द्र मिश्रले ‘प्रधानाध्यापक माथिको यो दुव्र्यहारको कारण शिक्षक तथा अन्य प्रधानाध्यापकहरुमा भोली विद्यालय जाने कि नजाने भन्ने त्रास पैदा भएको छ ।’ उनले भने ।
प्रतिक्रिया 4