
१२ कात्तिक, काठमाडौं। नेकपा एमालेको १०औ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिले विभिन्न १२ समिति गठन गरेको छ । मूल व्यवस्थापन समितिको बैठकले खाद्य, आवास, स्वयम् सेवक, प्रचार लगायत १२ समिति गठन गरेको हो ।
केन्द्रीय कमिटी बैठक लगत्तै महाधिवेशन मूल व्यवस्थापन समितिको बैठक बसेको थियो । बैठकले महाधिवेशनमा विभागीय जिम्मेवारी बाँडफाँड गर्न समितिहरु गठन गरेको स्थायी कमिटी सदस्य रघुजी पन्तले बताए ।
चितवनमा १०-१२ मंसिरमा हुने महाधिवेशनका लागि रामबहादुर थापा बादलको संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4