+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

प्राध्यापक संघका पूर्व अध्यक्षहरुले मागे जबराको राजीनामा

१२ कात्तिक, काठमाडौं । नेपाल प्राध्यापक संघका पूर्व अध्यक्षहरुले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गरेका छन् ।

प्राध्यापक संघका नौ जना पूर्व अध्यक्षहरुले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वोच्च अदालतको नेतृत्व गर्न असक्षम भएको भन्दै राजीनामा मागेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १२ गते २०:२०
फाइल तस्वीर

१२ कात्तिक, काठमाडौं । नेपाल प्राध्यापक संघका पूर्व अध्यक्षहरुले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गरेका छन् ।

प्राध्यापक संघका नौ जना पूर्व अध्यक्षहरुले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वोच्च अदालतको नेतृत्व गर्न असक्षम भएको भन्दै राजीनामा मागेका हुन् ।

जबराको राजीनामा माग गर्ने प्राध्यापक संघका पूर्व अध्यक्षहरुमा प्रा. डा. कमलकृष्ण जोशी, प्रा. केशवानन्द गिरी, प्रा. भूपति ढकाल कमल, प्रा. कपिल श्रेष्ठ, प्रा. भीमसेनदास प्रधान, प्रा. रामेश्वर उपाध्याय, प्रा. डा. विनोदकुमार श्रेष्ठ, प्रा. खगेन्द्र भट्टराई र प्रा. गुणनिधि न्यौपाने छन् ।

उनीहरुले प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालतको गरिमा बचाउन नसकेको र उनी पूर्ण रुपमा नेतृत्वमा असफल भएको विज्ञप्तिमा भनेका छन् ।

‘स्वतन्त्र न्यायापालिकाको जनआस्था र प्रतिष्ठा बचाइराख्नका लागि हाल नेतृत्वमा रहनुभएका व्यक्तिले नै निकास दिनु पर्दछ, यस विषम परिस्थितिबाट उत्पन्न न्यायपालिकाको प्रतिष्ठा, विश्वसनीयता, निष्पक्षता र जनआस्था जोगाउन प्रधानन्यायाधीशले तत्काल राजीनामा दिएर निकास दिनु नै उत्तम विकल्प हो,’ नौ जना पूर्व अध्यक्षले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?