
२८ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादीले रामचन्द्र झालाई सचिवालय समितिमा मनोनित गरेको छ । आइतबार सकिएको केन्द्रीय कमिटी बैठकले झालाई सचिवालय सदस्यमा मनोनित गरेको हो ।
शुक्रबारको स्थायी कमिटीले झालाई सचिवालयमा मनोनित गर्न प्रस्ताव गरेको थियो । नेकपा एमाले पृष्ठभूमिका झा हाल नेकपा माओवादी केन्द्रमा थिए । एमाले विभाजन भएर एकीकृत समाजवादी बनेपछि झाले माओवादी छोडेका हुन् ।
एकीकृत समाजवादीले एमाले छोडेका वंशीधर मिश्रलाई स्थायी कमिटीमा मनोनित गरेको छ । माले छोडेर आएका कुलप्रसाद फुँयाल, शंकर पोखरेल र निलमणि बराललाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।
फुयाल पूर्वसांसद हुन् । उनी पनि एमाले पृष्ठभूमिका नेता हुन् । २०५४ मा पार्टी विभाजन हुँदा फुयाल मालेतिर लागेका थिए । मालेबाटै आएका श्यामराज राईलाई केन्द्रीय परिषद सदस्य र कारिप्रसाद यादव प्रदेश–२ को सदस्यमा मनोनित भएका छन् ।
एमाले डडेलधुरा अध्यक्ष छोडेर एकीकृत समाजवादी प्रवेश गरेका डा. तारा जोशीलाई पनि केन्द्रीय कमिटीमा मनोनित गरिएको छ ।
प्रतिक्रिया 4