
अमेरिकामा बस्दै आएका गायक विन्ती कुमार गुरुङले नयाँ गीत सार्वजनिक गरेका छन् । विन्तीको साथमा गायिका शान्ता अर्यालको स्वर रहेको ‘होई मेरो संसार’ बोेलको गीत सार्वजनिक भएको छ । गीतमा दीपक शर्माकोे शब्द तथा संगीत छ ।
गायक विन्ती कुमार अमेरिकामा रहेर नेपाली गीतसंगीतमा निरन्तर सक्रिय छन् । यो गीतको भिडियोेलाई विधान कार्कीले निर्देशन गरेका हुन् । विधानले गीतको भिडियोमा सरोज प्रजा र विना राउतको प्रेम झल्काएका छन् । गीतको भिडियोमा विधानले गाउँबाट शहर जान खोज्ने केटा र उनलाई रोक्ने केटीको कथा भनेका छन् । भिडियोमा सुभाष कार्की ‘बेलबासे’को पनि अभिनय हेर्न सकिन्छ ।
नवराज उप्रेतीको छायांकन रहेको गीतको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4