+
+
Shares

उद्योग नीतिमा आमूल परिवर्तन आवश्यक : प्रदेश प्रमुख शेरचन

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १५ गते १८:२४

१५ मंसिर, बुटवल। लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले नेपालको उद्योग नीतिमा आमूल परिवर्तन आवश्यक रहेको बताएका छन् । अहिलेसम्मका उद्योग नीतिहरु अपर्याप्त र उद्योगमैत्री नभएको टिप्पणी गर्दै उनले आत्मनिर्भर अर्थतन्त्र बनाउने गरी आमूल परिवर्तन गर्नुपर्नेमा जोड दिए ।

रुपन्देही उद्योग संघको ४४औ स्थापना दिवस उद्घाटन गर्दै कार्यक्रममा प्रदेश प्रमुख शेरचनले आयातमुखी अर्थतन्त्रले समृद्धि हासिल हुन नसक्ने स्पष्ट पारे । ‘विदेशबाट सामान आयात गरेर नाफा खाएर बेचेर देश समृद्ध बन्दैन’ शेरचनले भने, ‘राष्ट्रिय अर्थतन्त्र बलियो बनाउने गरी निर्यातमुखी अर्थतन्त्र बनाउन उद्योग नीतिमा आमूल परिवर्तन गर्नुपर्छ।’

सीमित व्यक्तिको हातमा देशको पूँजीको ठूलो हिस्सा रहेको र अर्थतन्त्र उनीहरुको कब्जामा रहेको औंल्याउँदै उनले यस्तो अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिए ।

शेरचनले स्वदेशी कच्चा पदार्थमा आधारित र निर्यातमूलक उद्योगलाई प्रवद्र्धन गर्ने नीति राज्यले बनाउनुपर्ने बताए । ‘निर्यातमूलक उद्योगलाई भन्सार र कर छुट दिई लगानीमैत्री वातावरण बनाउनुपर्छ’ उनले भने, ‘यसमा उद्योगीले आवाज उठाउनुपर्छ,राज्यले पुराना नीतिमा पुनर्विचार गर्नुपर्छ ।’ राजनीतिक दलहरुप्रति इंंगित गर्दै उनले विदेशीको गुलामी गर्ने प्रवृत्तिले स्वदेशी उद्योगको अवस्था नाजुक बनेको बताए ।

प्रदेश राष्ट्रिय योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्रीले पछिल्लो समयमा उद्योगबाट छिटो नाफा कमाउने उद्देश्यले उद्योगबाट पलायन भएर व्यापारतिर लाग्ने प्रवृत्ति बढेकाले औद्योगिक विकासमा वाधा पुगेको बताए ।

नेपाल उद्योग परिसंघका लुम्बिनी प्रदेश संयोजक एजाज आलमले स्वदेशी उद्योगको संरक्षण र उत्पादनको प्रयोगलाई प्रवद्र्धन गर्न सरकारले विशेष नीति बनाउनुपर्ने माग गरे ।

पत्रकार र उद्योगी सम्मानित

सो अवसरमा संघले अग्रज उद्योगीहरु भुपालकुमार श्रेष्ठ, बसन्तध्वज जोशी, स्व.रतनलाल अग्रवाल, बसन्त लोहनी र राजेन्द्रसिंह गुरुङलाई सम्मान गरेको छ ।

त्यसैगरी संघले स्थापना गरेको उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार–२०७७ बाट पत्रकार दामोदर खनाललाई पुरस्कृत गरेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?