
१७ मंसिर, काठमाडौं । टिकटकबाट उदाएका जुम्ल्याहा दिदीबहिनी प्रिज्मा र प्रिन्सी खतिवडाकोे डान्सको पनि तारिफ हुने गर्दछ । उनीहरु म्युजिक भिडियोमा पनि डान्सिङ नम्बरमा बढी देखिने गर्दछन् । उसो त उनीहरुले केही गम्भीर प्रकृतिका भिडियोमा पनि काम नगरेका होइनन् ।
गायक सरोज साजन श्रेष्ठ र गायिका दुर्गा खरेलको स्वरमा रहेको ‘छल छल’ बोलको गीतको भिडियोमा कोरियोग्राफर दीपकमान सिंहले उनीहरुलाई गज्जबले नचाएका छन् । भिडियोमा उनीहरुलाई अमर र अमृत दाहालले साथ दिएका छन् ।
विधान कार्कीले निर्देशन गरेको भिडियोमा नवराज उप्रेतीको छायांकन छ ।
यो गीतमा दिनेशराज पुरीको शब्द र अर्जुन पोखरेलको संगीत छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4