
१ पुस, काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्रीमा दलिततर्फ जीवन परियार निर्वाचित भएका छन् । बिहीबार राति सकिएको मतगणनामा मानबहादुर विश्वकर्मालाई ३७ मतान्तरले पराजित गर्दै जीवन निर्वाचित भएका हुन् ।
डा. शेखर कोइरालाको प्यानलका उम्मेदवार बनेका उनले २२१२ मत पाएका छन् भने सभापति शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवार बनेका मानबहादुरले २१७५ मत मात्र पाए । यस्तै गंगा सुनारको मत २३२ छ ।
कुल खसेको ४६९५ मत मध्ये ७५ मत भने बदर भएको थियो ।
कांग्रेसको सहमहामन्त्रीमा आदिवासी जनजातितर्फ भीष्मराज आङदेम्बे निर्वाचित भएका छन् । यसैगरी सहमहामन्त्री (महिलातर्फ) डिना उपाध्याय निर्वाचित भएकी छन् ।
प्रतिक्रिया 4