
काठमाडौं । ब्रिटिश एजुकेशन ग्रुपको द ब्रिटिश प्रोफेशनल कलेजकी रिया मानन्धर एशोसिएसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट् (एसीसीए) को परीक्षामा विश्वकै सर्वोत्कृष्ट छात्रा (वर्ल्ड टपर) बन्न सफल भएकी छन् ।
१९ वर्षीय मानन्धरले ९८ प्रतशित ल्याई वर्ल्ड टपर बन्न सफल भएको कलेजले जारी गरेको प्रेश विज्ञप्तिमा उल्लेख छ । कलेजका अनुसार उनले ट्याकसेसन पेपरमा वर्ल्ड टप गरेकी हुन् ।
एसीसीए कार्यक्रम विश्वकै सबैभन्दा ठूलो र सबैभन्दा छिटो बढिरहेको अन्तर्राष्ट्रिय लेखा निकाय हो । विश्वका १७९ देशमा यो वर्ष अन्तर्गत ५ लाख २७ हजार विद्यार्थी र २ लाख १९ हजार पूर्णयोग्य सदस्यहरु रहेका छन् । विश्व भरका लाखौं विद्यार्थीहरूलाई पछिपार्दै उनले ट्याक्सेसन पेपरमा सबैभन्दा बढी अंक ल्याउन सफल भएको कलेजको भनाइ छ ।
एसीसीए प्रोग्राम म्यानेजर दीपेन्द्रकुमार श्रेष्ठले उनको तारफि गर्दै भने, “हामी सबैलाई रियामा धेरै गर्व छ । कलेज र अन्य विद्यार्थीहरूका लागि पनि यो गर्वको कुरा हो । हामी नियमित रूपमा नेपालमा टपर्स उत्पादन गर्दै आइरहेका छौं । त्यस्तै रिया हाम्रो कलेजको दोस्रो विश्व टपर हुन् । अन्य विद्यार्थीहरूले पनि उनको पाइला पछ्याउने हामी अपेक्षा गर्दछौं ।”
रियाले दीपेन्द्र र बीपीसीका शिक्षकहरुलाई धन्यवाद दिँदै भनिन्, ‘बीपीसीसँगको मेरो अनुभव साँच्चै राम्रो रह्यो । वास्तवमा, मैले मूल रूपमा ट्याक्सेसन पेपर लिने योजना बनाएको थिइन । मलाई यस विषयप्रति पूर्ण आत्मवश्विास पनि थिएन । यद्यपि संकायले मलाई साइन अप गर्न प्रोत्साहन गर्यो । उनीहरूकै साथ र सहयोगले मैले वर्ल्ड टपर हुने अवसर पाएँ ।’
एसीसीए नै पढ्ने निर्णय किन गरिन् भन्ने प्रश्वनको जवाफमा उनले भनिन्, ‘एसीसीएले नेपालका विद्यार्थीहरूलाई राष्ट्रयि रूपमा मात्रै नभई अन्तर्राष्ट्रिय स्तरमा पनी उत्तीर्ण करअिर बनाउन सहयोग गर्छ । सोही कारण पनि मैले एनसएको सट्टा एसीसीए रोजेकी हुँ । अन्तर्राष्ट्रिय रुपमा प्रतस्पिर्धा गर्न समेत यो विषयले मलाई सक्षम बनाउँछ ।’
प्रतिक्रिया 4