+

नेपालले टस जितेर बलिङ गर्दै

२०७८ माघ  २८ गते १५:५३ २०७८ माघ २८ गते १५:५३
नेपालले टस जितेर बलिङ गर्दै

२८ माघ, काठमाडौं । चार देशीय टि-२० सिरिजकाे पहिलाे खेलमा नेपालले घरेलु टोली ओमानविरुद्ध पहिले बलिङ गरेकाे छ । नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ रोजेका हुन् ।

आजको खेलमा नेपालका विवेक यादव र सागर ढकालले अन्तर्राष्ट्रिय टि-२० किक्रेटमा डेब्यू गरेका छन् । नेपालका प्रशिक्षक पुबुदु दासानायकेले आजको खेलमा करण केसी, कुशल भुर्तेल, साहब आलम, कुशल मल्ल, लोकेश बम र जितेन्द्र मुखियालाई बेन्चमा राखेर दुईजनालाई डेब्यू गराएका हुन् ।

घरेलु टि-२० प्रतियोगिता प्रधामन्त्री कपमा सानदार प्रदर्शन गरेका विवेक र सागर पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका थिए । पहिलो खेलमै उनीहरूले डेब्यूको अवसर पाएका हुन् । विवेक तीव्र गतिमा बलिङ गर्नुको साथै विष्फोटक ब्याटिङ गर्छन् भने सागरले स्पिनरको रुपमा आक्रमक बलिङ गर्ने गर्छन् ।

नेपाल र ओमानबीच हालसम्म एक मात्र टि-२० खेल २०१९ मा हुँदा ओमानले नेपाललाई ६ विकेटले पराजित गरेको थियो । नेपालले उक्त प्रतियोगितामा ६४ रन मात्र बनाएर सस्तैमा आउट भएको थियो ।

ओमानविरुद्ध नेपालको टोली
सन्दीप लामिछाने(कप्तान), आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, अभिनाश बोहरा, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल र प्रदीप ऐरी ।

 

क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय