+

चर्च ब्वाइज युनाइटेड ए डिभिजनमा उक्लियो

२०७८ चैत  २२ गते ११:३७ २०७८ चैत २२ गते ११:३७
चर्च ब्वाइज युनाइटेड ए डिभिजनमा उक्लियो

२२ चैत, काठमाडौं । बाँसबारी क्लबलाई ५–१ गोल अन्तरले हराउँदै चर्च ब्वाइज युनाइटेड ए डिभिजन लिगमा बढुवा भएको छ ।

एन्फा कम्लेक्स सातदोबाटोमा भएको खेलमा चर्च ब्वाइजलाई जिताउन साइमन लिम्बू एक्लैले चार गोल गरे । उनले खेलको ७, ३७, ४१ र ८१ औं मिनेटमा गोल गरे । ८१ औं मिनेटको उनको गोल भने पेनाल्टीमा भएको थियो । यस्तै आशिष चौधरीेले १ गोल १७ औं मिनेटमा गरेका थिए ।

बाँसबारी सन्जीव धिमालले ५८औं मिनेटमा गोल गरे ।

१२ खेलमा २६ अंक जोडेको चर्च ब्वाइज बी डिभिजन लिगमा १ खेल बाँकी छँदै शीर्ष डिभिजनमा बढुवा भएको हो ।

पोहोर चैतमा भएको सी डिभिजन लिगको विजेता बन्दै चर्च ब्वाइज बी डिभिजनमा बढुवा भएको थियो । त्यसको एक वर्षमा नै चर्च ब्वाइज फेरि बढुवा भएर ए डिभिजनमा उक्लिएको हो ।

बी डिभिजनबाट दुई टिम ए डिभिजनमा उक्लिने छन् । अर्को टिमको टुंगो लाग्न भने बाँकी छ ।

ए डिभिजन लिग चर्च ब्वाइज युनाइटेड बी डिभिजन लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय