+

पलेशा र सृजनाले तेक्वान्दोबाट पारा एसियाड खेल्ने निश्चित

२०७८ चैत  २४ गते १८:०० २०७८ चैत २४ गते १८:००
पलेशा र सृजनाले तेक्वान्दोबाट पारा एसियाड खेल्ने निश्चित

२४ चैत, काठमाडौं । पारा तेक्वान्दोका पलेशा गोवर्द्धन र सृजना घिसिङले आसन्न होङ्झोउ एसियाली खेलकुदमा सहभागी हुने निश्चित भएको छ ।

विश्व तेक्वान्दो महासंघले विहीबार नेपाल तेक्वान्दो संघलाई पत्राचार गरी विश्व वरीयताका आधारमा दुई खेलाडीको सिधा सहभागिता रहने जानकारी गराएको हो । विश्व वरीयतामा पलेशा नवौं र सृजना दशौं स्थानमा छिन् ।

आगामी अक्टोबरमा हुने पारा एसियाली खेलकुदमा पलेशाले के–४४ विधाअन्तर्गत ५७ केजीमुनी र सृजनाले सोही विधाको ५२ केजीमुनी तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन् ।

यसै वर्ष जापानमा भएको पारा ओलम्पिकमा पदक नजिक पुगेर चुकेकी पलेशाले दुई खेल जितेर कीर्तिमान बनाएकी थिइन् । ओलम्पिकबाट फर्किएपछि मंसिरमा उनले एसियन युथ गेम्समा स्वर्ण जितेकी थिइन् ।

सृजनाले सो प्रतियोगितामा रजत जितेकी थिइन् भने अघिल्लो महिना इरानमा आयोजित विश्व तेक्वान्दो प्रेसिडेन्ट कप एसियन रिजन प्रतियोगितामा रजत जितेकी थिइन् ।

वरीयतामा समावेश नभएका खेलाडीका लागि आगामी मे महिनाको अन्तिममा युएईमा पारा एसियाली खेलकुद छनोट प्रतियोगिता हुँदैछ ।

प्रशिक्षक कविराज नेगी लामाले पारा एसियाली खेलकुदमा नेपालले स्वर्ण पदकको आशा राखेको र त्यहीअनुसार तयारी गरिने बताए ।

पलेशा गोवर्द्धन पारा एसियाड सृजना घिसिङ

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय