
काठमाडौं । एसएस राजामौली निर्देशित दक्षिण भारतीय फिल्म ‘आरआरआर’ले नेपाली बक्स अफिसमा १२ करोड ग्रस कमाइ गरेको छ । यो कारोबार कोरोना महामारीयताकै उच्च हो ।
रामचरण र जुनियर एनटीआरको मुख्य भूमिका रहेको फिल्मले तीन सातामा यो कीर्तिमानी कमाइ गरेको हो । राजामौली निर्देशित ‘बाहुबली-२’ले नेपालमा २३ करोड ग्रस कमाइ गरेको रेकर्ड छ ।
कोरोना महामारीयता नेपाली बक्स अफिसमा सर्वाधिक कमाउने फिल्म हलिउडको स्पाइडरम्यानः नो वे होम बनेको थियो, जसको नेपाल लाइफटाइम कलेक्सन ७ करोड ३० लाख ग्रस छ ।
वैशाख १ गते रिलिज तयारीमा रहेको फिल्म ‘केजीएफ च्याप्टर २’ले ‘आरआरआर’को रेकर्डलाई तोड्ला ? यसबारे विश्लेषकको आ-आफ्नै दृष्टिकोण छन् । कतिपयले वर्ड अफ माउथमा निर्भर हुने बताइरहेका छन् भने कतिपयले फिल्मको ब्रान्डमै ।
चौथो सातामा चलिरहेको ‘आरआरआर’ले अहिले पनि नेपाली मल्टिप्लेक्समा राम्रै शो पाइरहेको छ ।
प्रतिक्रिया 4