+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

कांग्रेसको सप्तरी उपसभापति यादवले गरे पदस्थापन

पुनः गणनामा एक मतले निर्वाचित भएका नेपाली कांग्रेस, सप्तरीका उपसभापति रामकुमार यादवले सोमबार पदभार ग्रहण गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ५ गते १२:११

५ वैशाख, सप्तरी । पुनः गणनामा एक मतले निर्वाचित भएका नेपाली कांग्रेस, सप्तरीका उपसभापति रामकुमार यादवले सोमबार पदभार ग्रहण गरेका छन् ।

यादवलाई राजविराजस्थित जिल्ला पार्टी कार्यालयमा जिल्ला सभापति रामदेव साहले पदभार ग्रहण गराएका हुन् ।

पार्टीका जिल्ला सचिव सनत मण्डलले केन्द्रीय परिपत्र अनुसार यादवलाई उपसभापति पदमा पदस्थापन गरिएको बताए ।

पदस्थापन कार्यक्रममा जिल्ला सभापति साहसहित सभासद् रञ्जित कर्ण, क्षेत्र नम्बर ४ का सभापति सिताराम साह, प्रदेश क्षेत्रीय सभापति उमेश मिश्र, राजविराज नगर सभापति आनन्द झालगायतले उपसभापति यादवलाई बधाई दिंदै सफल कार्यकालको शुभकामना दिएका छन् ।

जिल्ला नेतृत्वका लागि २४ फागुनमा भएको निर्वाचनको मतगणना हुँदा ६ मतले पराजित भएका यादवलाई केन्द्रीय निर्वाचन समितिले १ मतले निर्वाचित भएको भन्दै प्रमाण पत्र दिएको छ । संस्थापन पक्षले भने केन्द्रीय निर्वाचन समितिले गरेको निर्णय बदर गर्न माग गरेको छ ।

जिल्लामा भएको गणना अनुसार उपसभापति पदमा संस्थापन पक्षका फतेह मोहम्द १ हजार ६९ र रामप्रसाद मण्डल १ हजार ५९ मत ल्याएर निर्वाचित भएका थिए ।

डा. शेखर कोइराला पक्षका उम्मेदबार रामकुमार यादव १ हजार ५३ र ध्रुवनारायण चौधरीले ९ सय ५४ मत प्राप्त गर्दै पराजित भएका थिए । रामप्रसादसँग ६ मतले पराजित भएका रामकुमारले पुनः मतगणनाको माग गर्दै केन्द्रीय निर्वाचन समितिमा उजुरी दिएका थिए ।

केन्द्रीय निर्वाचन समितिले जिल्ला निर्वाचन अधिकृतबाट प्राप्त सक्कल मतगणना रजिष्टर र मतगणना सिट समेत जाँच गरी हेर्दा यादवको १ हजार ५३ र मण्डलको १ हजार ५२ मात्रै देखिएको भन्दै यादवलाई उपसभापतिमा निर्वाचित भएको प्रमाण पत्र दिएको छ ।

केन्द्रीय निर्वाचन समितिले रामप्रसाद मण्डलको नाममा जारी भएको निर्चाचित प्रमाण पत्र रद्द गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?