+
+
WC Series
पोखरा एभेन्जर्स 2025
37/2 (5.2)
VS
८८ बलमा १२९ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

पर्सागढीमा एमालेबाट प्रमुखमा गोकर्ण पाठक र उपप्रमुख पूजा चौधरीको नाम सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ५ गते १९:१८

५ वैशाख, वीरगञ्ज । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले पर्सागढी नगरपालिकामा सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ । एमालेले पुनः मेयरमा गोकर्ण पाठकलाई अघि सार्ने निर्णय गरेको हो ।

०७४ सालको निर्वाचनमा पाठक ६७ मतले मात्रै पराजित भएका थिए । नगर प्रमुखमा निर्वाचित नेपाली कांग्रेसका लोकनारायण यादवले ३ हजार ९ सय ६५ मत ल्याउँदा उनले ३ हजार ८ सय ९८ मत ल्याएका थिए ।

उपप्रमुखमा पूजा चौधरीको नाम सिफारिस गरिएको नेकपा एमालेको नगर कमिटी अध्यक्ष दुर्गा लामिछानेले जानकारी दिए । नगर कमिटीको वैशाख १ गते बसेको बैठकले उनीहरुको नाम जिल्ला कमिटीमा सिफारिस गरेको थियो ।

पर्सागढी नगरपालिकामा यसपटक एमालेको जीत निश्चित जस्तै भएको नगर कमिटी अध्यक्ष लामिछानेले बताएका छन् । पर्सागढीमा ०७४ सालमा कांग्रेसले नगर प्रमुख, उपप्रमुख नगर कार्यपालिकाका बहुमत सदस्य जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?