+
+

केकी र धीरेनको ‘सिल्ली फो’ असार ३१ मा रिलिज हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ६ गते ११:४७

काठमाडौं । कमेडी विधामा आधारित फिल्म ‘सिल्ली फो’ असार ३१ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।

केकी अधिकारी, धीरेन शाक्य, रविन्द्र झा, राजाराम पौडेल स्टारर फिल्मको पोस्टर मंगलबार सार्वजनिक गरिएको छ । राजबहादुर साने निर्देशित फिल्मले चारजना बदमास पात्रको कथा भन्छ ।

‘चारजना पात्रको जीवनमा आउने घुम्ती र संघर्षमा आधारित फिल्म शिक्षामूलक बनेको छ,’ निर्देशक सानेले भने । फिल्ममा केकीको भूमिका अहिलेसम्मकै पृथक रहेको उनले बताए । ८० लाख रुपैयाँ बजेट बताइएको फिल्ममा अन्य नयाँ कलाकार पनि समावेश छन् ।

मनोज डीके निर्माता रहेको फिल्ममा विशाल श्रेष्ठ सहनिर्माता छन् । दिव्य सुवेदी, वीरेन्द्र परियार, नरेन्द्र आलेको छायांकन, देव महर्जनको द्वन्द्व, शिव विकको कोरियोग्राफी, पुरुषोत्तम न्यौपानेको संगीत, तारा थापा ‘किम्भे’को सम्पादन र अनन्त घिमिरेको कलर संयोजन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?