७ बैसाख, बुटवल । गुल्मीको धुर्कोट गाउँपालिकाको अध्यक्षको उम्मेदवारमा नेपाली कांग्रेसबाट महेन्द्रप्रसाद भण्डारी सर्वसम्मत सिफारिस भएका छन् ।
गाउँ समितिको मंगलबार बसेको बैठकले भण्डारीलाई सर्वसम्मतरुपमा सिफारिस गरेको सभापति हरिबहादुर थापाले जानकारी दिए ।
भण्डारी नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय उपाध्यक्ष एवं महाधिवेशन प्रतिनिधि हुन् ।
धुर्कोट गाउँपालिकामा माओवादी केन्द्रले हालका अध्यक्ष भुपाल पोखरेललाई सर्वसम्मत सिफारिस गरेको छ ।
यसअघिको चुनावमा गठबन्धन गर्दा अर्कोपटक कांग्रेसलाई प्रमुख दिने सहमति गरेपनि माओवादी केन्द्रले पालना नगरेकाले यसपटक धुर्कोटमा प्रमुख पद कांग्रेसले नछाड्ने सभापति थापाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4