
७ वैशाख, जनकपुरधाम। सत्तारुढ गठबन्धनले जनकपुरधामको मेयर जसपालाई दिने सहमति गरेपछि कांग्रेसका नेता/कार्यकर्ताले प्रदर्शन गरेका छन् ।
उनीहरुले जनकपुरधामको स्थानीय मुरली चोकमा टायर बालेर पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध टायर बालेर प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका क्रममा उनीहरुले ‘नेपाली कांग्रेस जिन्दावाद, शेरबहादुर देउवा मुर्दावाद, मधेशको दलालसँग गठबन्धन गर्न पाइँदैन’ जस्ता नारा लगाएका छन् ।
नेपाली कांग्रेस नगर समितिका कोषाध्यक्ष वीरेन्द्र यादवको अगुवाइमा प्रदर्शन भएको छ ।
जनकपुरधाममा आफैं जित्ने क्षमता हुँदाहुँदै अरु पार्टीका उमेदबारलाई मेयर मान्न नसकिने स्थानीय कांग्रेसी नेताहरुको गुनासो छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4