+
+

गठबन्धनभित्र स्वस्थ प्रतिस्पर्धाको ठाउँ बाँकी राखेका छौं तर प्राथमिकता तालमेलमा हो : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ८ गते ९:१५

८ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनका दलहरुबीच केन्द्रमा भएको तालमेलको मर्म र भावनालाई आत्मसाथ गरी देशैभर गठबन्धन गर्नुपर्ने बताएका छन् । सहमति नभए मित्रवत प्रतिस्पर्धा गर्ने भनिए पनि तालेमललाई नै प्राथमिकता दिनुपर्ने उनको जोड छ ।

आज धनगढी विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भने, ‘कहीँकतै त्यस्तो समस्या पर्‍यो भने गठबन्धनभित्र स्वस्थ प्रतिस्पर्धाको ठाउँ पनि हामीले बाँकी राखेका छौं । तर त्यसको अर्थ आफू-आफैंमा प्रतिस्पर्धामा प्राथमिकता दिने भनेको होइन । प्राथमिकता तालमेलमा नै हो ।’ उनले केन्द्रमा गरेको तालमेलको मर्म र भावनालाई आत्मसाथ गरी देशैभरी गठबन्धन गरेर अगाडि बढ्ने तयारी भइरहेको बताए ।

वैशाख ३० गते स्थानीय तहको निर्वाचन भएरै छाड्ने बताउँदै उनले भने, ‘यो निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउने, व्यापक जनसहभागीता सुनिश्चित गर्ने र लोकतन्त्रको अभ्यासलाई नयाँ स्तरमा उठाउने आवश्यकता छ ।’

उनले यो वर्ष नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने, सुदृढ गर्ने तथा विकास र समृद्धिको नयाँ यात्राको तयारी गर्ने वर्षको रुपमा रहने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?