+
+

कांग्रेस चितवनका असन्तुष्ट नेता कार्यकर्ताको भेला हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ९ गते १३:३४

९ वैशाख, चितवन । भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रलाई सर्मथन गर्ने निर्णयप्रति असन्तुष्ट नेपाली कांग्रेसका नेता कार्यकर्ताले भेला गर्ने भएका छन् ।

नारायणगढको कमलनगरस्थित जिल्ला पार्टी कार्यालयमा शुक्रबार दिउँसो २ बजेका लागि भेला आह्वान गरिएको कांग्रेसका एक नेताले बताए । भेलामा भरतपुर महानगरपालिकाको मेयर छाड्ने केन्द्रको निर्णयबारेमा छलफल गरेर अब कसरी अगाडि बढ्ने भनेर योजना बनाइने बताइएको छ ।

भेलामा कांग्रेस केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ, दिनेश कोइराला समेतलाई बोलाइएको छ । गुरुङ र कोइराला दुबै कांग्रेसले महानगरको मेयर पाउनुपर्ने पक्षमा आवाज उठाउँदै आएका नेता हुन् ।

केन्द्रीय सदस्य कोइरालाले कार्यकर्ताको कुरा सुन्न पार्टी कार्यालयमा जाने बताए । ‘कांग्रेसले नै भरतपुरको मेयर पाउनुर्छ भन्नेमा हामीले पहिलादेखि नै आवाज उठाउँदै आएको होु, कोइरालाले भने, ‘गठवन्धन गरेर माओवादीलाई दिँदा भरतपुरमा कांग्रेस कमजोर बन्यो, अहिले मेयरमा छोरीलाई जिताउने, पछि संघीय चुनावमा बाबुलाई मत दिनुपर्ने होला, कहिलेसम्म यसो गरेर बस्ने हो कांग्रेस ?’

भरतपुर महानगरको मेयर कांग्रेसले नपाएको भन्दै कांग्रेस चितवनका पूर्व सभापति कृष्णलाल सापकोटाले बागी उम्मेदवारी दिने तयारी गरेका छन् । सापकोटा पक्षले भेला छलफललाई तीव्रता दिएपछि कांग्रेस चितवनका सभापति खनालले गठवन्धनको भावनाभन्दा बाहिर नजान अपिल गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?