१० वैशाख, बारा । लोकतान्त्रिक समाजवादी पार्टी लोसपा बाराका क्षेत्रीय अध्यक्ष प्रमानन्द मुखिया नेकपा एमालेमा प्रवेश गरेका छन् । लोसपा बारा क्षेत्र नं. १ प्रदेश (ख)का अध्यक्षबाट राजीनामा दिएर मुखिया एमाले प्रवेश गरेका हुन् ।
उनले जसपामा एकल व्यक्तिको निर्णय र हैकमवादी नीति रहेको आरोप पनि लगाए ।
बाराको सिम्रौनगढ नगरपालिका वडा नं. २ को वडाध्यक्ष बन्ने तयारीमा रहेका उनले टिकट नपाएपछि पार्टी छाडेका हुन् । लोसपाले भने रामचन्द्र कुशवाहलाई टिकट दिने तयारी गरेको छ । यहाँका वडाध्यक्ष अध्यक्ष खुशीलाल महतो भने लोसपा छाडेर जसपा गएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4