११ वैशाख, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) ले जनकपुरधामका मेयरका लागि निवर्तमान मेयर लालकिशोर साहलाई नै उम्मेदवार बनाएको छ ।
आइतबार साहलाई पार्टी नेतृ एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले टिकट दिएकी हुन् ।
सत्तारुढ गठबन्धनमा जनकपुरधामको मेयरको उम्मेदवार जसपालाई दिने सहमति भएको थियो ।
लालकिशोर २०७४ सालको निर्वाचनमा तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) बाट मेयरमा निर्वाचित भएका थिए । जसपाबाट पूर्व राजपाका नेताहरु बाहिरिएर लोसपा बनाएपछि लालकिशोर जसपमा रहेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4