
१२ वैशाख, गोरखा । नेपाली कांग्रेसबाट गोरखा नगरपालिकाको मेयरको टिकट पाएका उम्मेदवार विश्वदेव श्रेष्ठमाथि हातपात भएको छ । कांग्रेसकै केही कार्यकर्ताले उनीमाथि हातपात गरेका हुन् ।
मेयरका लागि टिकट लिएर फर्केका उनी जिल्ला सदरमुकामको बैंकरोडस्थित दिपक डिजिटल फोटो स्टुडियोमा फोटो खिचाउन पसेका थिए । सोही क्रममा स्टुडियो भित्रै पसेर आफूमाथि केही युवाहरुले हातपात गरेको श्रेष्ठ स्वयंले बताएका छन् । उनको हातमा चोट लागेको छ । उनलाई अहिले पार्टी कार्यालय लाने तयारी गरिएको छ भने सुरक्षा व्यवस्था पनि कडा पारिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4