१२ वैशाख, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको कांग्रेस सभापतिबाट राजीनामा दिएका मनोज साहले मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
सत्तारुढ दलले गठबन्धनको तर्फबाट जनकपुरधाम उपमहानगरपालिकाको मेयर जनता समाजवादी पार्टी (जसपा) लाई दिने निर्णय गरेपछि साह असन्तुष्ट थिए ।
पटक-पटक निर्णय परिवर्तन गर्न पार्टी नेतृत्व तहलाई दबाव दिँदा पनि सुनुवाइ नभएपछि उनले शुक्रबार उपमहानगरको सभापति पदबाट राजनीमा दिएको घोषणा गरेका थिए । राजीनामा दिने क्रममा उनले मेयरमा स्वतन्त्र उम्मेदवारी दिने बताएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4