१२ वैशाख, ओखलढुंगा । जिल्लाको सिद्धिचरण नगरपालिकामा नेकपा एमालेबाट इच्छाकुमारी गुरुङले मनोनयन दर्ता गराएकी छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मेयरमा गुरुङ र उपमेयरमा केदारबाबु बस्नेतले उपमेयरमा मनोनयन दर्ता गराएका हुन् ।
जिल्लाका आठ वटै निर्वाचन अधिकृतको कार्यालयमा गठबन्धनका दलहरु नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले साथै अन्य दलहरु नेकपा एमाले, जनता समाजवादी लगायतका साना तथा ठूला दलहरुको सोमबार विहानैदेखि मनोनयन दर्ता गर्ने क्रम सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
पालिकामा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयमा बाजा, गाजा, र्याली, झाँकी सहित पुगेर उम्मेदवारी दर्ता गराएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4