१२ वैशाख, सप्तरी । सप्तरीको रुपनी गाउँपालिकामा नेपाली कांग्रेसबाट अध्यक्ष पदमा रामनारायण इसर र उपाध्यक्षमा प्रमिला कुमारी यादवले उमेदवारी दर्ता गराएका छन् ।
कांग्रेसले वडा नम्बर १ मा मो. अनवर, वडा नम्बर ३ बाट अमरलाल मुखिया, वडा नम्बर ४ बाट गोसाइ साह, वडा नम्बर ५ बाट लक्ष्मण यादव र वडा नम्बर ६ बाट प्रभा पुलामी मगरलाई उम्मेदवार बनाएको छ ।
वडा नम्बर २ को वडाध्यक्ष कसलाई बनाउने भन्ने विषयमा छलफल भइरहेको नेपाली कांग्रेस रुपनी गाउँपालिकाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4