+

नेपाली क्रिकेट खेलाडीको प्रशिक्षण सुरु

२०७९ वैशाख  १४ गते १७:५५ २०७९ वैशाख १४ गते १७:५५
नेपाली क्रिकेट खेलाडीको प्रशिक्षण सुरु

१४ वैशाख, काठमाडौं । शनिबारदेखि कीर्तिपुर मैदानमा जिम्बाब्बेको ए टोलीसँग हुने तीन एक दिवसीय र तीन ट्वान्टी–२० श्रृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले बुधबारदेखि प्रशिक्षण थालेको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले जिम्बाबेविरुद्ध हुने एक दिवसीय र टी ट्वान्टी श्रृङ्खलाका लागि बोलाएका २३ खेलाडीलाई समावेश गर्दै बुधबारबाट प्रशिक्षण थालेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टोलीले पहिलो दिन बुधबार ब्याटिङ पक्षलाई ध्यान दिँदै प्रशिक्षण गरेको थियो । यसअघि मंगलबार टोली त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फिटनेसको अभ्यास गरेको थियो । राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेसँगै टोलीलाई बन्द प्रशिक्षण सुरु गरिएको हो ।

कीर्तिपुर स्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने श्रृङ्खलामा क्यानले यसअघि सन्दीप लामिछानेको कप्तानीमा दिपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ सेख, रोहित पौडेल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, देव खनाल, किशोर महतो, अदिल अन्सारी, भीम सार्की, सुशन भारी, पवन सरार्फ, अभिनाश बोहरा, बासिर अहमद, लोकेश बम, विवेक यादव, साहब आलम, सागर ढकाल, बिक्रम सोब र सुनिल धमलालाई समेटेर टोली घोषणा गरेको थियो ।

जसमा बसिर अहमदले पहिलो पटक स्थान बनाएका छन् भने सुनील धमलाले लामो समयपछि कमब्याक गरेका छन । आयोजक नेपालले भ्रमणकारी टोली जिम्बाब्वे ए टोलीसँग तीन एकदिवसीय र तीन ट्वान्टी–२० श्रृङ्खला खेल्दै छ । यही टिमबाट खेलको दिन सुरुवाती ११ छनोट गरिने क्यानले जनाएको छ ।

श्रृङ्खला वैशाख १७ गते सुरु हुँदैछ । १० दिन चल्ने सिरिजमा जिम्बाबेका राष्ट्रिय टोलीमा रहेका खेलाडीको समेत सहभागिता रहने छ । एक दिवसीय श्रृङ्खला वैशाख १७ देखि २१ सम्म चल्ने छ भने ट्वान्टी–२० वैशाख २३ देखि २६ सम्म सञ्चालन हुने तालिका रहेको छ ।

क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय