+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

स्थानीय तह निर्वाचनमा विद्यार्थीबाट को-को छन् उम्मेदवार ?

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १९ गते १५:३९

१९ वैशाख, काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा विभिन्न दलबाट विद्यार्थी नेता पनि उम्मेदवार बनेका छन् । निर्वाचन आयोगले ४० वर्षमुनिका करिब ४१ प्रतिशत उम्मेदवार रहेको बताएको छ, जसमध्ये अधिकांश विद्यार्थी राजनीतिबाट आएकाहरु छन् ।

नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्वियुका चार जनाले स्थानीय तहको प्रमुख/अध्यक्षमा उम्मेदवारी दिएका छन् । त्यस्तै उपप्रमुख÷उपाध्यक्षमा ६ जना र वडाध्यक्षमा १८ जना रहेको अनेरास्ववियुले जनाएको छ ।

नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका चार जनाले स्थानीय तहको प्रमुख/अध्यक्षमा उम्मेदवारी दिएका छन् । त्यस्तै पालिका उपप्रमुख/उपध्यक्षमा उम्मेदवारी दिनेको विवरण भने संकलन भइरहेको नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले जानकारी दिए ।

नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीबाट चार जनाले पालिका प्रमुख/अध्यक्षमा उम्मदेवारी दिएका छन् । त्यस्तै चार पालिकाको उपप्रमुख/उपाध्यक्ष र २१ जना वडाध्यक्षको उम्मेदवार रहेका छन् ।

त्यस्तै एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूका ३ जनाले पालिका प्रमुख/अध्यक्षमा उम्मेदवारी दिएका छन् । उपप्रमुख/उपाध्यक्षमा उम्मेदवारी दिने पनि ३ जना नै रहेका छन् ।

विद्यार्थी नेताहरु युवा विद्यार्थीको सोचेजस्तो प्रतिनिधित्व हुन नसकेको बताउँछन् । अनेरास्ववियुका महासचिव समिक बडालले वडा तहमा राम्रो प्रतिनिधित्व भए पनि पालिका प्रमुख÷उपप्रमुखमा धेरै विद्यार्थी उम्मेदवार बन्न नसकेको बताए ।

‘आधारभूत (वडा) तहको प्रतिनिधित्व त उत्साहजनक नै छ, धेरै नै हाम्रा विद्यार्थी साथीहरु वडाको नेतृत्वमा आउनुहुन्छ,’ उनले भने, ‘तर, जति सोचेको हो त्यस्तो सहभागिता पालिकाको नेतृत्वमा भएको छैन ।’

नेपाल विद्यार्थी संघका सभापति दुजाङ शेर्पाले संघको विभिन्न इकाइ र जिल्ला अध्यक्षहरु स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेको बताए ।

माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका महासचिव दीपेश पुनले सत्तारुढ दलहरुसँग गठबन्धन गरेका कारण उम्मेदवारी फिर्ता लिनुपर्दा विद्यार्थीबाट उम्मेदवार कम भएको बताए । ‘सयको हाराहारीमा उम्मेदवार थिए’, पुन भन्छन्, ‘तर, गठबन्धनले गर्दा धेरै ठाउँमा फिर्ता लिनुपर्‍यो । धेरै साथीहरु उप्रमुख÷उपाध्यक्षमा उम्मेदवार थिए, त्यो फिर्ता लिनुपर्‍यो । यसले गर्दा अलि समावेशी प्रतिनिधित्व हुन सकेन ।’

एकीकृत समाजवादीका विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले पनि विद्यार्थीको हस्तक्षेपकारी उपस्थिति हुन नसकेको बताए ।

‘गठबन्धन हुँदा पनि युवाले यत्तिको उम्मेदवारी पाउनुलाई सन्तोषजन नै मान्नुपर्छ,’ पराजुलीले भने, ‘यद्यपि यो हस्तक्षेपकारी उपस्थिति त होइन । यो पार्टीले नै दिएको भन्दा पनि विद्यार्थी स्वयंले जनमत बनाएर आवश्यकताको आधारमा भएको निर्णय हो ।’

कुन संगठनबाट को को उम्मेदवार ?

एमाले निकट अनेरास्ववियु

१. एलबी सिंह लोकेन्द्र, सचिव

उम्मेदवार– अध्यक्ष, खप्तड छान्ना गाउँपालिका, बझाङ

२. डम्बर बिसी, स्थायी कमिटी सदस्य

उम्मेदवार–अध्यक्ष, तुर्माखाद गाउँपालिका, अछाम

३. अस्मिता थापा, स्थायी कमिटी सदस्य

उम्मेदवार–उपाध्यक्ष, लिखु गाउँपालिका, ओखलढुंगा

४.समीपबाबु खान, स्थायी कमिटी सदस्य

उम्मेदवार– प्रमुख, मलंगवा नगरपालिका, सर्लाही

५. अमर जोशी, केन्द्रीय सदस्य

उम्मेदवार–उपप्रमुख, बुंगल नगरपालिका, बझाङ

५)रुपा कठायत, केन्द्रीय सदस्य

उम्मेदवार– उपप्रमुख, दीपायल नगरपालिका, डोटी

६) अभिषेक सुवेदी, स्थायी कमिटी सदस्य

उम्मेदवार–अध्यक्ष, तामाकोसी गाउँपालिका, दोलखा

७) प्रकाश खड्का, रुकुम जिल्ला अध्यक्ष

उम्मेदवार–उपाध्यक्ष, सानीभेरी गाउँपालिका, रुकुम

नेपाल विद्यार्थी संघ

१) आनन्द त्रिपाठी, पूर्वउपाध्यक्ष

उम्मेदवार–प्रमुख, भानु नगरपालिका, तनहुँ

३) मेघा शाही, पूर्वकेन्द्रीय सदस्य

उम्मेदवार–उपप्रमुख, जितपुर–सिमरा उपमहागर, बारा

४) पूर्णप्रसाद आचार्य, बाँके जिल्ला अध्यक्ष

उम्मेदवार–प्रमुख, कोहलपुर नगरपालिका, बाँके

५) रञ्जिता कार्की, इकाइ अध्यक्ष, नेपाल ल क्याम्पस

उम्मेदवार–अध्यक्ष, अर्जुनधारा गाउँपालिका, भापा

६) डम्बर हाङ, ताप्लेजुङ जिल्ला अध्यक्ष

उम्मेदवार– अध्यक्ष, मेरिङदेन गाउँपालिका, ताप्लेजुङ

माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी

प्रदेश १

१. भुपेन्द्र कट्टेल– केन्दीय प्रतिनिधि

उम्मेदवार– अध्यक्ष, नेचासल्यान गाउँपालिका, सोलुखुम्बु

२. योगेश भट्टराई, प्रदेश समिति उपाध्यक्ष

उम्मेदवार – उपाध्यक्ष मेन्छयायम गाउँपालिका तेह्रथुम

३. जिसस न्यौपाने, प्रदेश समिति प्रमुख सचिव

उम्मेदवार – वडाअध्यक्ष, विराटनगर महानगरपालिका–४, मोरङ

४. पदम रखाल मगर, केन्द्रीय सदस्य

उम्मेदवार– वडाअध्यक्ष, महालक्ष्मी नगरपालिका वडा– २ धनकुटा

५. अहेसान अन्सारी, प्रदेश समिति सदस्य

उम्मेदवार –वडाअध्यक्ष, बर्जु गाउँपालिका– ५ सुनसरी

६. इम्रान मन्सुरी, जिल्ला समिति सदस्य

उम्मेदवार –वडाअध्यक्ष, बर्जु गाउँपालिका– ६ सुनसरी

मधेश प्रदेश

१. सचिन कुशाहा, जिल्ला उपाध्यक्ष

उम्मेदवार– मेयर, गढिमाई नगरपालिका, बारा

२. रामेश्वर यादव, जिल्ला उपाध्यक्ष, सप्तरी

उम्मेदवार– वडा अध्यक्ष, महादेवा गाउँपालिका–१,सप्तरी

बागमती प्रदेश

१. यमुना पुडासैनी, केन्द्रीय प्रतिनिधि

उम्मेदवार, उपमेयर, टोखा नगरपालिका, काठमाडौँ

२. सन्तोष चौहान, वाग्मती प्रदेश सदस्य

उम्मेदवार, वडा अध्यक्ष, मन्थली ननगरपालिका–१३, रामेछाप

गण्डकी प्रदेश

१. प्रविणा अधिकारी, केन्द्रीय उपाध्यक्ष

उम्मेदवार– उपप्रमुख, माछापुच्छ्रे गाउँपालिका, कास्की

२) शरण बिक, जिल्ला अध्यक्ष

उम्मेदवार–वडाध्यक्ष, अन्नपूर्ण गाउँपालिका–८, कास्की

३) रेशम कटुवाल, जिल्ला अध्यक्ष

उम्मेदवार–वडाध्यक्ष, रघुगंगा गाउँपालिका–३ म्याग्दी

४) अरविन्द भट्टराई, केन्द्रीय सदस्य

उम्मेदवार– वडाध्यक्ष, बन्दीपुर गाउँपालिका–४, तनहुँ

५) सुशन ताम्राकार, केन्द्रीय सदस्य

उम्मेदवार– वडाध्यक्ष, पुतलीबजार नगरपालिका–१, स्याङ्जा

६) चिरञ्जीवी अधिकारी, पीएन क्याम्पस सचिव

उम्मेदवार– वडा अध्यक्ष, माछापुच्छ्रे गाउँपालिका–४, कास्की

लुम्विनी प्रदेश

१) सुमन श्रेष्ठ, केन्द्रीय सचिव

उम्मेदवार–वडा अध्यक्ष, प्युठान नगरपालिका–३, प्युठान

२) घनश्याम खरेल, लुम्बिनी प्रदेश अध्यक्ष

उम्मेदवार–वडा अध्यक्ष, चन्द्रकोट गाउँपालिका– १ गुल्मी

३) रुपेन्द्र मल्ल, लुम्बिनी प्रदेश उपाध्यक्ष

उम्मेदवार, वडा अध्यक्ष, सिस्ने गाउँपािलका–६,रुकुम

४) निमराज खनाल, केन्द्रीय सदस्य

उम्मेदवार– वडा अध्यक्ष, ठाकुरबाबा नगरपालिका– १, बर्दिया

५) रेशम अधिकारी, केन्द्रीय सदस्य

उम्मेदवार, वडा अध्यक्ष, बासगढी नगरपालिका–५, बर्दिया

कर्णाली प्रदेश

५) जगदीश शाह, केन्द्रीय सदस्य

उम्मेदवार– मेयर, चामुण्डाबिन्द्रासैनी नगरपालिका, दैलेख

१) अम्मरराज शाही, केन्द्रीय उपाध्यक्ष

उम्मेदवार– अध्यक्ष, हिमा गाउँपापालिका, जुम्ला

२) गीता शाही, कर्णाली प्रदेश सदस्य

उम्मेदवार–उपाध्यक्ष, शिवालय गाउँपालिका, जाजरकोट

सुदूरपश्चिम प्रदेश

१) दीपक डिसी, प्रदेश अध्यक्ष

उम्मेदवार–वडाध्यक्ष, खप्तड छेडेदह गाउँपालिका–३, बाजुरा

२) पारस बुढा, केन्द्रीय सदस्य

उम्मेदवार–वडाध्यक्ष, त्रिवेणी नगरपालिका–६, बाजुरा

४) केन्द्रीय सदस्य वीरेन्द्र विष्ट

उम्मेदवार– वडाध्यक्ष, भीमदत्त नगरपालिका–१८, कञ्चनपुर

५) किरण अधिकारी, जिल्ला उपाध्यक्ष

उम्मेदवार– वडाध्यक्ष, आदर्श गाउँपालिका–५, डोटी

६) केन्द्रीय सदस्य रामचन्द्र रोकया

उम्मेदवार–वडाध्यक्ष, मास्ट गाउँपालिका–१, बझाङ

एकीकृत समाजवादीनिकट अनेरास्ववियू

१) मनीषा कार्की, केन्द्रीय सचिव

उम्मेदवार, प्रमुख, चामुण्डा नगरपालिका, दैलेख

२) छवि भट्टराई, स्थायी कमिटी सदस्य

उम्मेदवार–प्रमुख, देवदह नगरपालिका, रुपन्देही

३) स्थायी कमिटी सदस्य सन्तोष न्यौपाने

उम्मेदवार-अध्यक्ष, पैयु गाउँपालिका, पर्वत

४) स्थायी कमिटी सदस्य सरिता खाती

उम्मेदवार–उपप्रमुख, सुनपति गाउँपालिका, रामेछाप

५) माधव पन्त, केन्द्रीय उपाध्यक्ष

उम्मेदवार, उपप्रमुख, शुक्लाफाँटा नगरपालिका, कञ्चनपुर

६) कल्याण दाहाल, उपमहासचिव

उम्मेदवार–उपप्रमुख, बैतेश्वर पाउँपालिका, दोलखा

७) स्थायी कमिटी सदस्य विकास रेग्मी

उम्मेदवार–वडाध्यक्ष, महाशिला गाउँपालिका, पर्वत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?