+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

हेटौंडामा गठबन्धनको घोषणापत्र : १० हजार लिटर पानी र ३०० युनिट विजुली निःशुल्क

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २० गते १४:१६

२० वैशाख, हेटाैंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । हेटौंडामा मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर गठबन्धनले चुनावी घोषणापत्र सार्वजनिक गरेको हो ।

गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी नेकपा एकीकृत समाजवादीकी मीना लामाले घोषणा पत्रमार्फत् हेटौंडाका जनतालाई १० हजार लिटरसम्म खानेपानी नि:शुल्क उपलब्ध गराउने घोषणा गरिन् । न्यूनतम ३०० युनिट विद्युत पनि नि:शुल्क वितरण गर्ने योजना रहेको लामाले जानकारी दिइन् ।

नेपाली कांग्रेसबाट उपमेयरका उम्मेदवार रहेका राजेश बानियाँले १९ वटै वडामा स्वास्थ्य चौकी भवन निर्माण गरी चिकित्सकसहितको स्वास्थय सेवा उपलब्ध गराइने बताए ।

‘चिकित्सा स्वास्थ्य अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने छौं । प्रत्येक वडामा मिनी रंगशाला, कभर्ड हल, व्यायमशाला र पुस्तकालय निर्माण गर्नेछौं’, बानियाँले पत्रकार सम्मेलनमा भने, ‘हाम्रो नगर युवा, बालबालिका तथा महिलामैत्री घोषणा गर्नेछौं ।’

उनले हेटौंडाको मुख्य ऐजेण्डाको रुपमा रहेको सडक फराकिलो बनाउने विषय संघीय सरकारसँग समन्वय गरी बजारवासीको चित्त बुझाएर हल गर्ने योजना गठबन्धनमा रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?