+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

वामदेव गौतमले लेखे एकीकृत समाजवादीको चुनावी गीत

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २० गते १८:०३

२० वैशाख, काठमाडौं । राष्ट्रिय राजनीतिबाट निष्क्रिय रहेको वामदेव गौतमले नेकपा एकीकृत समाजवादीका लागि चुनावी गीत लेखेका छन् ।

गौतमले लेखेको चुनावी गीत एकीकृत समाजवादीले आफ्नो यूट्युब च्यानलबाट सार्वजनिक गरेको छ ।

‘जनता जगाउने कलममा छाप लगाउने’ शीर्षकमा गौतमले एकीकृत समाजवादीक लागि चुनावी गीत लेखेका छन् । उनको सचिवालयका अनुसार, एकीकृत समाजवादीका नेताहरुको आग्रहमा गौतमले गीत लेखेका हुन् ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएपछि गौतम कतैतिर पनि लागेको छैनन् ।

एकीकृत समाजवादीका निम्ति चुनावी गीत लेखेपनि पार्टीमा गएको रुपमा बुझ्न नहुने उनको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?