
२१ वैशाख, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा शंकास्पद वस्तु रहेको फोन आएपछि यात्रुहरूलाई बाहिर पठाइएको छ । अज्ञात व्यक्तिले फोन गरेर बम रहेको बताएपछि विमानस्थल बन्द गरेर यात्रुहरूलाई बाहिर निकालिएको हो ।
उक्त क्षेत्रमा अहिले नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसहितको टोलीले सर्च अपरेसन जारी राखेका छन् । विमानस्थलमा नेपाली सेनाको बम डिस्पोजल टोली पनि पुगेको छ ।
विमानस्थलमा अहिले यात्रुहरूको भीड लागेको छ ।
हेर्नुस् तस्वीरहरु :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4