+

किन कम उमेरमै कपाल सेतो हुने क्रम बढ्दैछ ?

२०७९ वैशाख  २४ गते १०:०५ २०७९ वैशाख २४ गते १०:०५
Shares
किन कम उमेरमै कपाल सेतो हुने क्रम बढ्दैछ ?

उमेर बढ्दै जाँदा कपाल सेतो हुनु सामान्य कुरा हो । तर कम उमेरमै कपाल सेतो हुन थाल्दा भने समस्या हुन्छ । उमेर बढ्दै जाँदा शरीरमा कपाललाई रंग दिने तत्व मेलानिनको उत्पादन सुस्त हुन्छ ।

बुढेसकालसँगै शरीरमा मेलानिनको उत्पादनमा कमी आएपछि कपाल सेतो हुन थाल्छ । तर कम उमेरमा कपाल सेतो हुँदै गएको छ भने शरीरमा आवश्यक पोषक तत्वको कमी भएको हुनसक्छ भनेर बुझ्नुपर्छ । साथै, सानै उमेरमा कपाल सेतो हुनु शरीरमा बिस्तारै केही रोग विकास भइरहेको संकेत पनि हुन सक्छ ।

सानै उमेरमा कपाल फुल्ने कारण

वंशाणुगत 

सानै उमेरमा कपाल फुल्ने कारण वंशाणुगत पनि हुन्छ । वंशाणुगत रूपमा नै कपालमा रंग दिने तत्वमा कमी भएर सानै उमेरदेखि कपाल फुल्ने समस्या हुन्छ ।

खानपान

अहिले हाम्रो खानपानमा एकदमै परिवर्तन आएको छ । घरमा पाइने ताजा खानेकुरा, फलफूल, तरकारीको साटो जंकफुड र प्याकेट फुडको सेवन बढेको छ । जसले गर्दा हाम्रो शरीरले पर्याप्त मात्रामा भिटामिन र प्रोटिन पाएको हुँदैन र कपाल फुल्छ । प्रोटिन, भिटामिन र आइरनको कमीका कारण पनि कपाल फुल्ने समस्या हुन्छ ।

धुम्रपान

धेरै अनुसन्धानले कम उमेरमा कपाल फुल्नुमा धुम्रपानको पनि सम्बन्ध रहेको पत्ता लगाएका छन् ।  किनभने चुरोट वा सूर्तीजन्य पदार्थ सेवन गर्दा रक्तनली साँघुरो हुन्छ र कपालको जरामा पर्याप्त रगत पुग्दैन । यो पनि कम उमेरमा कपाल फुल्नुको कारण हो ।

तनाव

तनावले शरीरका साथै कपाललाई पनि नोक्सान पुर्‍याउँछ । तनावको कारण मेलानोसाइडलाई नष्ट गर्ने खाल्को रसायन उत्पादन हुन्छ, जसले गर्दा कपाल फुल्छ । तनावको कारण निद्रा नलाग्ने, चिन्ता लाग्ने, भोक नलाग्ने, उच्च रक्तचाप जस्ता समस्या पनि आउन सक्छन् । धेरै अनुसन्धानमा यो देखियो कि जो व्यक्ति धेरै तनाव लिन्छ, उसको कपाल समयभन्दा पहिले नै सेतो हुन थाल्छ ।

कपाल कलर र स्ट्रेट गर्नु पनि कार

अहिले कपाल कलर गर्ने र स्ट्रेट गर्नेको संख्या बढ्दो छ । यसको कारण पनि कम उमेरमा कपाल फुल्ने समस्या देखा परेको छ । कपालमा कलर र स्ट्रेट गरेका कारण कपालमा क्षति पनि पुग्न सक्छ ।

शरीरलाई चाहिने रसायनको कमी

शरीरलाई चाहिने रसायन जस्तो बायोटिन, भिटामिन बी-१२ र अन्य रसायनको कमीले पनि कम उमेरमा कपाल फुल्न सक्छ । विभिन्न रोगका कारण पनि कपाल फुल्ने समस्या भएको हुन सक्छ ।

कुनै बच्चामा कुपोषण भएको छ भने त्यसले पनि कपाल फुल्ने समस्या हुन्छ । यस्तै थाइराइड, अटोएम्युन रोग र दुबीका कारण पनि यो समस्या हुन सक्छ ।

समय अगावै कपाल फुल्नबाट जोगाउने उपाय

– सन्तुलित र पोषणयुक्त खाना खाने । खानामा प्रोटिन, भिटामिन, आइरन लगायतका तत्वहरू समावेश गर्ने

– विभिन्न भिटामिनका पूरक सेवन गर्ने

– नियमित योग तथा व्यायाम गर्ने

– धुम्रपान छाड्ने

– तनाव नलिने

– प्रशस्त मात्रामा ताजा फलफूल र तरकारी खाने

उपचार

कपाल फुल्ने समस्याको सम्पूर्ण उपचार त छैन । तर ३० वर्षभन्दा कम उमेर भएका व्यक्तिमा यस्तो समस्या छ भने क्याल्सियम प्यान्टोथेनेट ट्याब्लेटको सेवन गर्न सकिन्छ । चिकित्सकको सल्लाह अनुसार कपाल फुल्न कम गर्ने जेल र स्प्रे पनि प्रयोग गर्न सकिन्छ ।

कपाल फुल्ने समस्याको सम्पूर्ण उपचार नभएकाले कपाल कलर गर्ने चलन पनि लामो समयदेखि चल्दै आएको छ । तर एकदमै धेरै कपाल फुलेको छ भने यसका लागि विशेषज्ञ चिकित्सकको सल्लाह लिनुपर्छ ।

(छाला तथा यौनरोग विशेषज्ञ डा. घिमिरेसँग अनलाइनखबरकर्मी सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)

डा. रुपक घिमिरे सेतो कपाल स्वास्थ्य
डा. रुपक विक घिमिरे
लेखक
डा. रुपक विक घिमिरे
छाला तथा यौनरोग विशेषज्ञ

डा. घिमिरे हाल काठमाडौं दरबारमार्गस्थित आवरण स्किन क्लिनिकका सञ्चालक हुन् । उनले डर्माटोलोजीमा एमडी गरेका छन् । कपाल प्रत्यारोपणका पनि विशेषज्ञ  काठमाडौं मेडिकल कलेजका पूर्वसहायक प्राध्यापक समेत हुन् । उनी नेपाल सोसाइटी अफ हेयर सर्जनका सचिव हुन् । डा. घिमिरेको मेडिकल काउन्सिल दर्ता नम्बर ७९०२ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

शरीरमा के–के हुन्छ जब हामी मस्त निद्रामा हुन्छौँ ?

शरीरमा के–के हुन्छ जब हामी मस्त निद्रामा हुन्छौँ ?

नेपाली श्रमिकको स्वास्थ्यमा सघाउन युएईसँग स्वास्थ्य मन्त्री पौडेलको आग्रह

नेपाली श्रमिकको स्वास्थ्यमा सघाउन युएईसँग स्वास्थ्य मन्त्री पौडेलको आग्रह

ठूला अस्पतालको भीड घटाउन जीपी डाक्टरलाई ‘गेटकिपर’का रुपमा प्रयोग गर्नुपर्छ

ठूला अस्पतालको भीड घटाउन जीपी डाक्टरलाई ‘गेटकिपर’का रुपमा प्रयोग गर्नुपर्छ

कान नसुन्नेका लागि ‘कक्लियर इम्प्लान्ट’ राख्ने अप्रेसन अब वीर अस्पतालमै

कान नसुन्नेका लागि ‘कक्लियर इम्प्लान्ट’ राख्ने अप्रेसन अब वीर अस्पतालमै

डोल्पाकी ती सानी छोरीको निःशब्द आग्रह, ‘डाक्टर मलाई बचाउनु ल’

डोल्पाकी ती सानी छोरीको निःशब्द आग्रह, ‘डाक्टर मलाई बचाउनु ल’

प्रतिरक्षा प्रणाली के हो, कसरी रोगबाट बचाउँछ ?

प्रतिरक्षा प्रणाली के हो, कसरी रोगबाट बचाउँछ ?