
२५ वैशाख, चितवन । चितवनको भरतपुरमा एक युवकको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ ।
आइतबार साँझ ७ः३० बजे भरतपुर-१२ निवासी अनिल परियार (कान कुहिए) को भरतपुर ७ कृष्णपुरकाे फुटबल मैदान नजिक हत्या भएकाे जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी नरहरि अधिकारीले जानकारी दिए ।
डीएसपी अधिकारीका अनुसार उनलाई अज्ञात समूहले आक्रमण गरेको थियो । उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको डीएसपी अधिकारीले अनलाइनखबरलाई जानकारी दिए ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । परियार गत वर्ष मात्रै चितवन कारागारमा एक वर्ष कैद सजाय भोगेर रिहा भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4