
२८ वैशाख, सुर्खेत । उपल्लो डाेल्पामा लेक लागेर एक जना म्यादी प्रहरीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ठूलीभेरी नगरपालिका –७ का २४ वर्षीय सुनिल विक रहेको डाेल्पाका प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले जानकारी दिए । उपल्लो डाेल्पाकाे शे फोक्सुण्डो गाउँपालिकाकाे शे गाउँमा लेक लागेर उनको मृत्यु भएको अधिकारीले बताए ।
उनका अनुसार विककाे लेक लागेर मृत्यु भएको हाे । मृतकको शव हेलिकप्टरबाट सदरमुकाम दुनै ल्याउने तयारी भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4