+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
85/10 (19.1)
VS
Lumbini Lions won by 6 wickets
Won लुम्बिनी लायन्स 2025
86/4 (8.6)
Shares

जलविद्युत् कम्पनी पनि मर्जरमा, रिडी र रैराङ हाइड्रोपावर गाभिने

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २९ गते १०:०२

२९ वैशाख, काठमाडौं ।बैंक र बीमा कम्पनीबीच मर्जर भइरहेका बेला जलविद्युत् कम्पनीहरू पनि मर्जरमा जान थालेका छन् । रिडी हाइड्रोपावर र रैराङ हाइड्रोपावरले एक आपसमा गाभिन स्वीकृति पाएका छन्। विद्युत नियमन आयोगले दुई कम्पनीलाई संयुक्त कारोबार गर्न स्वीकृति दिएको हो।

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत हाइड्रोपावर कम्पनीहरुमा पहिलो पटक यी दुई हाइड्रोपावरले मर्जरमा जाने सम्झौता गरेका थिए। दुई हाइड्रोपावर कम्पनी बीच गत कात्तिक १७ गते एक आपसमा गाभिने सम्झौता गरेका थिए।

सो पश्चात दुबै कम्पनीको शेयर कारोबार बन्द छ। दुई कम्पनीले मर्जर प्रकृया सम्पन्न गरी फागुन पहिलो साताबाट नै दोस्रो बजारमा सेयर बजारमा कारोबार खुलाउने गरी तयारी गरेका थिए। तर विद्युत नियमन आयोगबाट स्वीकृति पाउन ढिला हुँदा मर्जर प्रकृया लम्बिएको हो।

विद्युत नियमन आयोगले जलविद्युत आयोजना निर्माण तथा संचालन गर्न अनुमतिपत्र प्राप्त कम्पनीहरु एक आपसमा गाभिन, आपसमा मिल्न, सेयर खरीद, संरचनाको खरिद वा हस्तान्तरण, प्राप्ती वा ग्रहण सम्बन्धी निर्देशिका, २०७७ जारी गरेको छ। यस अनुसार जलविद्युतका क्षेत्रमा उस्तै प्रकृतीका काम गर्ने कम्पनीहरु गाभिन थालेका हुन्।

मर्जरपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब १४ करोड ५५ लाख रुपैयाँ पुग्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?