३१ वैशाख, उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाका दुईवटा वडामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गाउँपालिकाको वडा नम्बर ४ र ५ मा गठबन्धनको तर्फबाट वडाध्यक्षका उम्मेदवारले जित हासिल गरेका हुन् ।
वडा नम्बर ४ को वडाध्यक्षमा जनता समाजवादी पार्टीका उम्मेदवार छत्र राई विजयी भएका छन् । वडामा जसपाले नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेससँग तालमेल गरेको थियो । राईले खसेको ९८७ मतमध्ये ४२८ मत प्राप्त गरे ।
यसैगरी वडा नम्बर ५ मा गठबन्धनकै तर्फबाट कांग्रेसका उम्मेदवार कविचन्द्र राई (वसन्त) विजयी भएका छन् । उनी वडामा खसेको ८५५ मतमध्ये ३०४ मत प्राप्त गरी विजयी भएका हुन् ।
पाँचवटा वडा रहेको लिम्चुङबुङ गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनकै उम्मेदवारको अग्रता रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4