+
+

कैलालीको घोडाघोडीको मेयरमा एकीकृत समाजवादी र उपमेयरमा कांग्रेस विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ५ गते १०:५६

५ जेठ, धनगढी । कैलालीको घोडाघोडी नगरपालिकामा सत्तारुढ गठबन्धन विजयी भएको छ । घोडाघोडीको मेयरमा नेकपा एकीकृत समाजवादीका खडकबहादुर रावत र उपमेयरमा नेपाली कांग्रेसकी गुलियादेवी चौधरी निर्वाचित भएका हुन् ।

रावतले १३ हजार १२८ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका ममताप्रसाद चौधरीले ८ हजार २४१ मत ल्याए । उपमेयरमा निर्वाचित चौधरीले १२ हजार २७० मत पाउँदा उनकी निकटतम प्रतिद्वन्दी नेकपा एमालेकी करुणा बम बटालाले ६ हजार ९६३ मत पाएकी छन् ।

एकीकृत समाजवादी पार्टीले कैलालीको चुरे गाउँपालिकामा अध्यक्ष र घोडाघोडीमा मेयर पाएको थियो । चुरे गाउँपालिकामा एमालेसँग पराजित भए पनि घोडाघोडीमा भने एकीकृत समाजवादी मेयर जित्न सफल भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?