
८ जेठ, धनगढी । धनगढी उपमहानगरपालिकाकाे मेयरमा पराजित भएपछि सत्तारूढ गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नृपबहादुर वडले आफ्नै पार्टीकाे असहयोगका कारण पराजय भाेग्न परेकाे बताएका छन् ।
नवनिर्वाचित मेयर गाेपाल हमाललाई बधाई तथा शुभकामना दिन उपमहानगरपालिका कार्यालय पुगेका वडले पत्रकारसँग कुराकानी गर्दै पार्टीको चुनाव चिन्ह लिएपनि स्वतन्त्र रूपमा प्रतिस्पर्धा गरेकाे उल्लेख गरे ।
‘यहाँ नामकाे मात्र गठबन्धन भएकाे थियाे । मेराे पार्टीकाे चुनाव चिन्ह पाएपनि म यसपटक मेयरमा स्वतन्त्र लडेकाे हुँ,’ वडले भने, ‘नवनिर्वाचित मेयरलाई मेराे पूर्ण सहयाेग रहनेछ । मेरो कार्यकालमा गरिएका राम्रा कामलाई निरन्तर दिनुहुनेछ भन्ने विश्वास गरेकाे छु ।’
वडले उपमहानगरपालिका पुगेर नवनिर्वाचित मेयर हमाललाई बधाई तथा शुभकामना दिएका थिए ।
२०७४ सालकाे निर्वाचनमा धनगढी उपमहानगरपालिकाकाे मेयरमा विजयी भएका वड यसपटक भने गठबन्धन गर्दा समेत स्वतन्त्र उम्मेदवार हमालसँग झण्डै दाेब्बर मतले पराजित भएका छन् ।
प्रतिक्रिया 4