
काठमाडौं । महिन्द्रा समूहको एक हिस्सा महिन्द्राको फार्म इक्विपमेन्ट सेक्टर (एफईएस) ले नयाँ ‘एसपी प्लस’ ट्याक्टर श्रृङ्खला नेपाली बजारमा ल्याएको छ ।
नेपाली बजारमा सार्वजनिक यी ट्याक्टरहरू महिन्द्राको उन्नत ईएलएस इन्जिन र रिभर्स पीटीओ सहितको डुअल क्लच, उच्चलिफ्ट क्षमतायुक्त हाइड्रोलिक, सजिलो गियर सिफ्ट ट्रान्समिसन र तेल इमस्र्ड ब्रेकहरू जस्ता उत्पादकत्व वृद्धि गर्ने सुविधाहरू रहेको कम्पनीले बताएको छ । ट्याक्टरले कृषि र ढुवानी उपयोगहरूमा किसानको उत्पादकत्वमा वृद्धि गर्ने लक्ष्य लिएको कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार नयाँ महिन्द्रा एसपी प्लस ट्याक्टरहरु ७, ८ र ९ जेठमा क्रमशः विर्तामोड, विराटनगर र जनकपुरमा बिक्री शुभारम्भ गरिएको थियो ।
शुभारम्भ कार्यक्रममा महिन्द्रा एण्ड महिन्द्रा लिमिटेड (भारत) र अग्नि ग्रुपका प्रतिनिधि, स्थानीय डिलर, स्थानीय उद्योग वाणिज्य संघ र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।
छिट्टै नै नयाँ एसपी प्लस सिरिजको ट्याक्टर यसै हप्तासम्ममा वीरगञ्ज, चितवन र नेपालगञ्जमा पनि सार्वजनिक हुने कम्पनीले जनाएको छ ।
महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको कृषि उपकरण क्षेत्र, अन्तर्राष्ट्रिय कार्य सञ्चालन प्रमुख प्रकाश वाकंनकरले नयाँ एसपी प्लस श्रृङ्खलाले किसानहरूको कमाइको क्षमता बढाउने बताए ।
शुभारम्भको अवसरमा अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले किसानलाई अझ धैरै कार्य गर्न र आफ्नो कृषि उत्पादकत्वलाई अर्को स्तरसम्म पुर्याउन नयाँ एसपी प्लस श्रृङ्खलाले सक्षम बनाउने बताए । नयाँ ट्याक्टरले मुलुकमा खेतीपाती गर्ने तरिकामा फरक पार्ने उनको भनाइ छ ।
प्रतिक्रिया 4